गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

मार्तडी, ७ साउन । जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाकी गर्भवतीको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
साप्पाटाकी २३ वर्षीया शर्मिला बुढाको सेनाको हेलिकप्टरमा नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । महिलाको पेटमा शिशु मरेकाले कोल्टीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले जानकारी दिए। गर्भवती बुढाको अवस्था जटिल हुने अवस्था पुगेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

