उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छैन : स्वास्थ्य मन्त्रालय


काठमाडौँ, २ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा समुदायमास्तरमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकालेको छ ।

हालै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा भिडभाड हुने विभिन्न स्थानबाट संकलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा ३ जनामा मात्र संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार ती तीन जनामध्ये दुई जना हालै विदेशबाट फर्किएका र एक जना व्यूटी पार्लर व्यवसायमा संलग्न व्यक्ति हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १०१ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *