गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित


काठमाडौँ, २६असार । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणबाट थप १३ जनामा कोरोना पुष्टि भएको हो । जसमा १ जना महिला र १२ जना पुरुष रहेका छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १६२ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६३३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *