कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण

काठमाडौँ, २० जेठ । कर्णाली प्रदेशमा थप २९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

कर्णालीको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सुर्खेत, सल्यान र अछामका तीन जिल्लामा २९ जनामा कोरोना पोजिटिभ देखिएको हो।

कर्णालीको प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७ जना पुरुष र २ जना महिलासहित २९ जनामा कोरोना संक्रमण देखिएको हो।

यो संगै कर्णाली प्रदेशमा  संक्रमितको संख्या २६२ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *