लकडाउन कहिले कसरी खोल्ने ? स्वास्थ्यले यसरी बनाउँदै छ राष्ट्रिय रणनीति

काठमाडौँ, १८ बैशाख ।  विश्वव्यापी रुपमा बढदो क्रममा देखिएको कोरोना भाइरस (कोभिड -१९)को संक्रमण कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने टुंगो छैन । यसले देशमा जारी लकडाउन, अन्तराष्ट्रिय सिमा नाका र अन्तराष्ट्रिय विमानस्थलमा बन्दले कहिलेसम्म निरन्तरता पाउछ भनेर अनुमान गर्न समेत गाह्रो परेको छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्योलतालाई चिर्न तथा स्वास्थ्यको स्थितिको आधारमा नयाँ रणनीति तयार पार्ने प्रयास गरेको छ ।

मन्त्रालयले तयार पारेको सो सम्वन्धी राष्ट्रिय रणनीतिको मस्यौदामा अन्तराष्ट्रिय विमान स्थल र सिमा नाकालाई साउन मसान्त सम्म बन्द गर्नुपर्ने उल्लेख गरेको छ । तर विदेशमा रहेका नेपाली नागरिकलाई ल्याउनु पर्ने अवस्था भएमा उक्त स्थानबाट डिपोट गर्दा आरटी पीसीआर परीक्षण गरी नेगेटिभ भएमा मात्रै ल्याउने नीति अघि सार्नुपर्ने बताएको छ ।

लकडाउन खोल्नका लागि जिल्लाहरुमा देखिएको जोखिमको आधारमा (गाढा रातो, रातो पहेलो र हरियो ) गरी चारवटा सूचकमा जिल्लाहरुलाई बाढ्ने र त्यसैको आधारमा क्रमश अति उच्च जोखिम, उच्च जोखिम, सामान्य र निम्न जोखिमयुक्त जिल्ला भनेर छुट्याउन पर्ने उल्लेख छ ।

मस्यौदामा अतिउच्च र उच्च जोखिमलाई पूर्ण लकडाउन गर्ने र सामान्य जोखिमलाई आंशिक रुपमा बन्दाबन्दी गर्ने उल्लेख छ । यस्तै कोभिड १९ अवस्था रोकथामका लागि कर्फ्यु, पूर्ण लकडाउन र आंशिक लकडाउन लागू गर्न सकिने भनिएको छ । करफ्युमा के गर्ने ? पूर्ण लकडाउनमा के गर्ने र आंशिक लकडाउनमा के के सेवा सञ्चालन गर्न मिल्ने भन्ने समेत मस्यौदामा उल्लेख छ । 

जोखिमयुक्त क्षेत्र कसरी घोषित गर्ने ?

न्युन जोखिमयुक्त (हरियो ) समूहमा पर्ने अवस्थाका सूचकहरु
– पोजेटिभ केश नदेखिएको
– पोजेटिभ केशसंग सम्पर्कमा आएको व्यक्ति नभएको क्षेत्र
– एउटा व्यक्ति पनि क्वारेन्टाइनमा नभएको अवस्था
– एउटा पनि व्यक्ति आइसोलेसनमा नभएको अवस्था
सामान्य जोखिमयुक्त (पहेलो) समूहमा पर्ने अवस्थाको सूचकहरु
-पोजेटिभ केस (आरटी पीसीआर र आरडीटी नभएको
-पोजेटिभ व्यक्तिको सम्पर्क देखिएको एक वा एक भन्दा कम
-क्वारेन्टाइनमा रहेको एक वा सो भन्दा कम
-विदेशबाट आएको व्यक्ति एक जना वा सो भन्दा कम
उच्च जोखिम (रातो )समूहमा पर्ने अवस्था
-पोजेटिभ केस एक वा सो भन्दा बढी – एक मात्रै पोजेटिभ केस देखिए पनि सो क्षेत्र उच्च जोखिममा गणना गरिनेछ ।
-संक्रमित व्यक्तिको सम्पर्कमा रहेको व्यक्तिहरुको परीक्षणमा रहेको
-क्वारेन्टाइनमा रहेको संख्या एक भन्दा बढी
-विदेशबाट आएको संख्या एक भन्दा बढी

अति उच्च जोखिम (गाढा रातो) समूहमा पर्नेहरु
– जनस्वासथ्य सेवा ऐन २०७६ को दफा ४८ (४) अनुसार जनस्वास्थ्य आपतकाल घोषणा भएको,
– समुदायस्तरमा संक्रमणदर अति उच्च रहेको,
– समुदायस्तरमा जनस्वास्थ्यका मापदण्डहरु पालना नभएको,
– स्वास्थ्य संस्थाहरुको केशभार थेग्न नसक्ने अवस्था सिर्जना भएको,
– निषेधाज्ञा जारी नै गर्नुपर्ने अवस्था सिर्जना भएको ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *