फिल्डमा खटिएका स्वास्थ्य पत्रकारलाई मास्क, ग्लोब्स र सेनिटाइजर

304
Shares

काठमाडौँ, १० बैशाख । कोरोना भाइरस (कोभिड १९)को जोखिम बढीरहेका बेला फिल्ड रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री (मास्क ग्लोव्स र सेनिटाइजर) वितरण गरिएको छ । विभिन्न संस्थाहरुबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य पत्रकार मञ्च नेपालले आज एक अनौपचारिक कार्यक्रम गरी वितरण गरेको हो ।

मञ्चलाई नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यबाट एनएस ९५ मास्क, लोमस फर्मास्युटिकल्सबाट सेनिटाइजर र हेल्पिङ ह्याण्ड फार्मेसीबाट ग्लोव्स तथा सर्जिकल मास्क प्राप्त भएको थियो ।

 

सो अवसरमा बोल्दै मञ्चका अध्यक्ष कल्पना आचार्यले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन । उनले स्वास्थ्य पत्रकारहरुलाई सचेत र सावधानीका साथ आफ्नो दायित्व निर्भाह गर्न आग्रह गरिन् ।

मञ्चका महासचिव रामप्रसाद न्यौपानेले स्वास्थ्य सामग्री उपलव्ध गराउने निजी क्षेत्रलाई धन्यवाद दिदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए । उनले स्वास्थ्य सामग्री नपाएका पत्रकारहरुलाई सम्पर्क गरेर सामग्री उपलव्ध गराउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *