स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज
काठमाडौँ, ४ बैशाख । नेपाल एयरलाइन्सका दुई वाइडबडी ए ३३० जहाज स्वास्थ्य सामग्री लिन चीनको ग्वाङ्जाओ उडेका छन् । नेपाली व्यवसायीको स्वास्थ्य सामग्री लिन ती जहाज ग्वाङ्जाओ उडेका हुन् ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका दुई जहाज चार्टर्ड गरेका थिए । दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ ।
दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तरराष्ट्रिय उडान भरेको छ ।
यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन् । वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


