कोरोनाको एक जना विरामी १५ दिन आइसीयूमा बस्नु परे कति औषधि चाहिन्छ ?

15.7k
Shares

काठमाडौँ, २ बैशाख । देशमा कोरोना भाइरस (कोभिड – १९ ) को संक्रमितको संख्या १६ पुगेको छ । त्यसमध्ये १५ जना अस्पतालमा उपचाररत छन् । भाग्यवस सबै १५ जनाको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

तर, कुनै दिन अवस्था जटिल बन्दै गएर बिरामी आईसीयूमा जाने अवस्था आयो भने आवश्यक औषधि छ त ? स्वास्थ्य मन्त्रालयले विज्ञ टोलीसंग छलफल गरेर आइसीयूको विरामीलाई चाहिने ४४ प्रकारका अत्यावश्यक औषधिको सूची तयार गरेको छ ।

नेपाली हेल्थलाई प्राप्त भएको उक्त सूचीमा कोरोना संक्रमित एक व्यक्तिलाई १५ दिन आइसियूमा राख्नुपर्दा चाहिने औषधिको परिमाण उल्लेख छ । यो सूचीलाई उच्चस्तरीय समितिले समेत अनुमोदन गरेको छ ।

‘अहिलेको आपतकालिन अवस्था र त्यसपछि पनि पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी यो सूची बनाइएको हो,’ विज्ञ टोलीका एक सदस्य डा भगवान कोइरालाले भने । उनले अहिलेको अवस्थामा यी औषधिहरु सरकारसंग छ कि छैन ? औषधि व्यवसायीसंग छ कि छैन ? नभए कति सरकारले खरिद गर्ने ? कति व्यवसायीकहाँ राख्ने भन्ने विषय स्पष्ट हुनका लागि पनि सूची तयार गरेको बताए ।

विज्ञ समितिले तत्काल यी औषधि एक हजार विरामीका लागि तयारी अवस्थामा राख्न समेत सुझाव दिएको छ ।

उता कतिपय औषधि व्यवसायीहरुले आइसीयूका लागि चाहिने भनिएका कतिपय यी औषधिहरु नेपाली बजारमा अभाव हुँदै गएको बताएका छन् ।

.सूचीमा रहेका ४४ प्रकारका यी औषधिहरु स्वदेशमा कमै बन्छ । स्टक पनि खासै छैन् । विदेशबाट अरुबेला जस्तो सहज रुपमा आउन पनि गाह्रो हुनसक्छ । त्यसैले सरकारले वेलैमा व्यवसायीसंग समन्वय गरेर कदम अगाडी बढाउन जरुरी छ,’ एक व्यावसायीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *