र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि पेप्सीकोलाको अपार्टमेन्टमा बस्ने तीन जनालाई पाटन अस्पताल लगियो

8.2k
Shares
लकडाउन पछि सनसिटी अपार्टमेन्ट परिसर, तस्बीर : अशोक न्यौपाने

काठमाडौँ, १ बैशाख । र्‍यापिड डायग्नोस्टिक टेस्ट किट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु गत ५ चैतमा बेलायतको लण्डनबाट आएका हुन् ।

‘आरडीटीमा पोजेटिभ देखिएको रहेछ । हामीकहाँ ल्याउनु भएको छ । आईसोलेसनमा राखेका छौँ । अब थ्रोट स्वाव झिकेर पीसीआरका लागि पठाउँछौँ,’ पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले भने ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै प्रहरीले लकडाउन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *