रौतहटमा थप एक जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १४ पुग्यो
काठमाडौँ, १ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । पछिल्लो केश रौतहटमा देखिएको छ ।
स्वास्थ्य मन्त्रालयबाट केही बेर अघि जारी कोरोना अपडेटमा पत्रकार प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
उनका अनुसार रौतहटको क्वारेन्टाइनमा बसेका १९ बर्षीय युवाको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि आज विहान मात्रै कैलालीको लम्की चुहा नगरपालिका – १ भरुवाकी ६५ बर्षीया महिलाको समेत कोरोना पोजेटिभ देखिएको थियो । उनको सेती प्रदेशिक अस्पतालमा उपचार सुरु भएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 


