अब दुई साता क्वारेन्टाइन बसेपछि थप एक साता सेल्फ क्वारेन्टाइन

648
Shares

काठमाडौँ, २४ चैत । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण हुनसक्ने व्यक्तिले क्वारेन्टाइन बस्ने अवधीलाई परिमार्जन गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले अब २ साता क्वारेन्टाइन बसिसकेपछि र्‍यापिड टेष्ट  किट मार्फत कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने र  त्यसमा नेगेटिभ आएमा घर जान सक्ने तर घरमा गएर एक सातासम्म छुट्टै क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।

यसअघि दुई साता क्वारेन्टाइनमा बसेर कोरोना टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आए व्यक्ति आफ्नो घर जान सक्ने र परिवारसंग घुलमिल हुन पाउथ्यो । ‘तर, अब कोरोना भाइरसको संक्रमणको रिपोर्ट नेगेटिभ आएर क्वारेन्टाइनबाट निस्केपनि घरमा गएर परिवारसंग घुलमिल गर्न पाईदैन । अर्थात घरमा गएर थप १ सातासम्म क्वारेन्टाइनमा बस्नुपर्छ,’ सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

पछिल्लो समय १४ दिन नाघिसकेपछि पनि कोरोना संक्रमणका लक्षण देखिन थालेपछि सरकारले क्वारेन्टाइनमा बस्ने अवधी बढाएको हो ।
विश्वका अरु धेरै देशले पनि क्वारेन्टाइन अवधी तीन साता पुरयाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *