निजी क्षेत्रका डाक्टरले सरकारी अस्पतालमा सेवा गर्न आए तह मिलाएर सुविधा दिइने

7.9k
Shares

काठमाडौँ, २४ चैत । सरकारले निजी क्षेत्रका डाक्टरलाई सरकारी अस्पतालमा सेवा गर्न आउन आवहान गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले निजी अस्पतालमा कार्यरत चिकित्सक सरकारी अस्पतालमा सेवा गर्न आए तह मिलाउने र सुविधा त्यहि अनुसार उपलव्ध गराउने समेत निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता डा युवराज खतिवडाले भने, ‘निजी क्ष्ँेत्रका चिकित्सकले पनि सरकारी अस्पतालमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्वन्धीत तह अनुसार मिलान गरेर काम गर्नका लागि अवसर दिने र उहाँहरुको पाउने सुविधा सरकारी चिकित्सकले पाउने सरहको हुनेछ । र उहाँहरुको तह पनि त्यसै अनुसार हुनेछ ।

यसैगरी सरकारले निजी क्षेत्रको अस्पतालमै कार्यरत चिकित्सकले कोरोना भाइरस सम्वन्धी रोगको उपचार गर्ने कार्यमा लागेमा उहाँहरुलाई दिने भत्ता पनि सरकारले उपलव्ध गराउने भन्ने निर्णय भएको छ ।’

प्रवक्ता खतिवडाले निजी क्षेत्रमा कोरोना उपचार गर्ने उपकरण छैन र सरकारी क्षेत्रमा उपकरण छ तर स्वास्थ्यकर्मी छैन भने त्यो रिसोर्स पुल गर्न निजी क्षेत्रसंग सहकार्य गर्न खोजिएको बताए । उनले उपकरण पनि भएको र जनशक्ति पनि भएको निजी अस्पताल छ भने त्यहाँ कोरोनाको उपचारलाई प्रोत्साहित गर्न भत्ता दिने व्यवस्था गर्न लागेको स्पष्ट पारे ।

कोरोनाको सम्भावित महामारीविरुद्ध तयारी गरेको सरकारले यसअघि करार सेवामा चिकित्सकहरुका लागि दरखास्त आवहान गर्दा एकदमै न्युन दरखास्त परेको थियो । आजको निर्णयले यो समस्या समाधान गर्न सक्ने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “निजी क्षेत्रका डाक्टरले सरकारी अस्पतालमा सेवा गर्न आए तह मिलाएर सुविधा दिइने

  1. Kuro ta ekdum sahi ho tara doctors lai matra ho ki swasthya sewa ma awasyak parne anya para medical janashakti lai pani ho yo byawastha??? Ani sewa ko samaye abadhi k kati hune ho??? Ek tira bata jagir chadera aauda arko tira ko job security k hune ho lagayat bisaye ma khulera ayeko bhaye ramro hunthyo ki???

Leave a Reply

Your email address will not be published. Required fields are marked *