चितवनमा आजबाट कोरोना भाइरस परीक्षण, दैनिक ९० जनाको परीक्षण हुनसक्ने

264
Shares

चितवन, २४ चैत । चितवनमा आजबाट कोरोना भाइरस (कोभिड -१९)को परीक्षण हुने भएको छ । भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा आवश्यक उपकरण जडान गर्ने कार्य सम्पन्न भएपछि आजबाट कोभिड – १९ को परीक्षण हुने भएको हो ।

‘मेसिन जडान गरेपछि हिजो नै दुई जनाको नमूना परीक्षण गरिएको थियो । ती दुई जनाको नमूना हेटौडाको प्रयोगशालामा समेत परीक्षणका लागि पठाइएको थियो । हेटौँडाले आज विहान १० बजेसम्ममा रिपोर्ट दिनेछ । त्यसपछि प्रयोगशालाको रिपोर्टको कम्पियर गरी नियमित रुपमा परीक्षण शुरु गर्नेछौँ,’ भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भने ।

प्रयोगशाला सञ्चालन गर्नकालागि वीएसएल २ स्तरको बायोसेफ्टी क्याविनेट (जैविक सुरक्षा)को प्रवन्ध मिलाईएको छ । प्रयोगशाला सञ्चालनका लागि २० जनाको प्राविधिक टोली समेत तयार रहेको डा. अधिकारीले बताए ।

आजबाट सञ्चालनबाट आउने सो प्रयोगशालाले दैनिक ९० वटा परीक्षण गर्न सक्ने बताइएको छ । तर अहिले चितवनमा दैनिक औषत १५ वटा स्याम्पल आउने गरेको डा अधिकारीले बताए ।

उनले सो प्रयोगशालाबाट सामान्य अवस्थामा ६ देखि ८ घण्टामा रिपोर्ट आउन सक्ने र कहिलेकाँही रिपोर्टमा कन्फ्युजन फेरी दोहो्याएर हेर्नुपर्ने भएकाले केही समय लाग्न सक्ने बताए ।

डा अधिकारीले हरेक दिन विहानमा स्याम्पल कलेक्सन गरी दिउसो १ बजे एकैपटक परीक्षण शुरु गर्ने र बेलुका रिपोर्ट दिने गरी योजना बनाइएको बताए ।

कोभिड १९ परीक्षणका लागि अहिले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरोना मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट चार चार जना तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाण्डौँबाट आएका प्राविधिकको टोली सहभागी हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *