नेपाली व्यापारीको मेडिकल सामग्री लिन ग्वाङ्जाओ उड्यो ‘वाइडवडी’

680
Shares

काठमाडौँ, २० चैत । नेपाली व्यापारीको मेडिकल सामग्री लिन नेपाल वायूसेवा निगमको वाइडबडी (एयरबस ए -३३०) जहाज चीनको ग्वाङ्जाओ तर्फ उडेको छ । चार्टर विहान ११ : २६ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको हो ।

सरकारले ओम्नी ग्रुपसंग सम्झौँता रद्ध गरे लगत्तै अन्य व्यापारीले चीनबाट मेडिकल सामग्री ल्याउन लागेका छन् । आज गएको विमानले करीब ३० टन सामग्री ल्याउने बताइएको छ ।

अहिले ल्याउन लागिएको सामान मेडिकल सामग्री सप्लायर विशाल पण्डित समूहको हो । उनको हस्पिटेक प्रालि सहित अरु केही कम्पनीले जम्मा गरेको सामग्री ल्याउन लागिएको हो ।

पण्डितले मेडिकल सामग्री ल्याउन लागेको कुरा पुष्टि गरे । ‘वाइड बडी विमानमार्फत हामीले सामग्री ल्याउन लागेका छौँ । मेरो मात्रै होइन हामी २० – २५ जना साथीहरुले जम्मा गरेको सामान छ । त्यो सामान भोली विहान ४ – ५ बजेसम्म काठमाडौँ आउँछ,’ उलने भने ।

मेडिकल सामग्रीमा फुल सेटपीपीई, एन -९५ मास्क र इन्फाइराइड थर्मामिटर मुख्य प्राथमिकता दिइएको समेत पण्डितले बताए ।

ओम्नी ग्रुपसंग सम्झौँता तोडने निर्णयसंगै कतिपयले बजारमा मेडिकल सामग्री हाहाकार हुने त होइन भन्ने चिन्ता जाहेर गरेका छन् । तर स्वास्थ्यका अधिकारीहरुले त्यस्तो नहुने बताउँदै आएका थिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बुधबार विहीबार (आज)बाट नयाँ सम्झौँताको प्रक्रिया अघि बढेको र तीन दिनभित्र सम्झौँता गरी ५ दिनमा सामान उपलव्ध गराउने गरी सम्झौँता हुने बताएका छन् ।

त्यहि तयारी स्वरुप व्यापारीहरुले आजै जहाज चीन पठाइ सामान ल्याउन लागेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *