लकडाउनपछि अनलाइनबाटै कक्षा सुचारु गर्दै बोस्टन इन्टरनेशनल कलेज

268
Shares

चितवन, १७ चैत ।  कोरोना भाइरसको संक्रमण फैलन नदिन पुरै देश लकडाउन गरिएको बेला भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले भने अनलाइनको माध्यमबाट कक्षा जारी राखेको छ । कलेजले जुम सफ्टवेरको प्रयोग गरी अध्ययन् अध्यापनलाई जारी राखेको हो ।

यो सफ्टवेरको माध्यमबाट विद्यार्थीहरुले आफ्नै घरमा बसेर कक्षा लिन सक्नेछन् । शिक्षकले पनि घरबाटै पढाउन सक्नेछन् ।

‘यसले दुईवटा फाइदा हुँदो रहेछ । एउटा घरभित्रै मोनोटोनोस भएर बसेका विद्यार्थीलाई इन्गेज हुने भयो । अर्को कोर्षले नियमितता पाउने भयो रोकिनु परेन,’  कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भने ।  उनले इन्टरनेटको पहुँच सबै विद्यार्थीसँग भएकोले भर्चुअल शिक्षा समेत प्रभावकारी हुने देखिएपछि अनलाइन अध्ययन अध्यापन शैली अबलम्वन गरिएको स्पष्ट पारे ।

चन्दले एक साता अघि देखि नै सबै संकाय र तहका विद्यार्थीहरुलाई नियमित रुपमा अनलाइनबाट पठनपाठन गरिरहेको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै एक साता अघि देखि लकडाउन शुरु गरेको सरकारले अवधी थप ८ दिन बढाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *