चीनले दिएको मेडिकल सामग्री बोकेर चिनियाँ विमान काठमाडौँ तर्फ प्रस्थान

1.0k
Shares

काठमाडौँ, १६ चैत । चीनको सिचुवान प्रान्त सरकार, सिचुवान लगानी समूह र नेपालस्थित चिनियाँ दुतावासको सहयोगमा जम्मा भएका पीपीई सहितका मेडिकल सामग्री बोकेर चिनियाँ विमान काठमाडौँका लागि प्रस्थान गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङझाओबाट प्रस्थान गरिसकेको र छिट्टै नेपाल आइपुग्ने जानकारी दिएकी छन् ।

आइतबार विहानै ट्वीट् गर्दै राजदूत यान्कीले सामान लोड गरेको तस्बिर समेत राखेकी छन् । उनले यहि विमानमा चिनियाँ अर्वपती ज्याक्मा र अलिवावा फाउन्डेसनको डोनेसनको पहिलो लट सामग्री समेत आउन लागेको जानकारी दिएकी छन् ।

ती फाउन्डेशनले अहिले मास्क लगायतका सामग्री पठाएको र टेष्ट किटहरु अर्को लटमा पठाउने र त्यो निकै छिटो आउने समेत स्पष्ट पारेकी छन् ।

यसअघि चीनले कोरोना भाइरस विरुद्धको लडाईमा नेपाल एक्लो नरहेको र चीनले साथ दिने बताएको थियो । राजदूत यान्कीले केही दिन अघि ट्वीट गर्दै नेपालका लागि अत्यावश्यक मेडिकल सामग्री छिटै उपलव्ध गराउने बताएकी थिइन ।

तस्बिर :  नेपालस्थित चिनियाँ राजदूत होउ यान्कीको ट्वीटर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *