नेपालमा कोरोनाको पाँचौँ केश भेटियो, बेल्जियमबाट आएकी युवतीमा कोरोना पोजेटिभ

5.6k
Shares

काठमाडौँ, १५ चैत ।  नेपालमा कोरोना भाइरस संक्रमणको पाँचौँ केश भेटिएको छ । गत ४ चैतमा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी एक २२ बर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज नियमित मिडिया ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार ती युवती कतार एयरवेजको QR ६५२ उडानबाट काठमाडौँ आएकी हुन् ।

यो त्यहि फ्लाईट हो जसमा दोस्रो संक्रमित १९ बर्षीया युवती आएकी थिइन । उनको गत १० चैतमै कोरोना पोजेटिभ भएको पत्ता लागेको थियो ।

अहिले संक्रमित पाँचौँ युवती बाग्लुङको भएको बताइएको छ । उनी बाग्लुङ अस्पतालमा रहेको र थ्रोट स्वाव सोही अस्पतालले झिकेर पठाएको बताएईएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *