अब ज्वरो र खोकी देखिएका ६० बर्ष माथिका सबैको कोरोना परीक्षण गरिने
काठमाडौँ, १० चैत । सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अवदेखि ६० बर्ष माथिका व्यक्तिमा ज्वरो र खोकी देखियो भने त्यसलाई सम्भावित लक्षण मानेर कोरोना परीक्षण गरिने बताएको छ ।
यस्तै सोही उमेर समूहका स्वासप्रश्वास सम्वन्धी समस्या भएका विरामी, दीर्घरोगीहरु दम, मुट,ु मधुमेह लगायतका रोगबाट पहिले देखि नै ग्रसित विरामीमा समेत ज्वरो र खोकी देखियो भने उनीहरुको पनि अनिवार्य रुपमा कोरोना भाइरस परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।
उनले हरेक स्वास्थ्यकर्मीलाई पनि ज्वरो र खोकी देखिनासाथ कोरोना भाईरसको परीक्षण गरिने जानकारी दिए ।
यस्तो छ स्वास्थ्य मन्त्रालयको विज्ञप्ती
सम्पर्क इमेल : [email protected]