कोरोना भाइरस उपचार निर्देशिका बनाउँदै मेडिकल काउन्सिल

584
Shares

काठमाडौँ, ८ चैत । नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस संक्रमणको महामारीका बेला उपचार तथा रोकथाम कसरी गर्ने भन्नेबारेमा उपचार तथा रोकथाम निर्देशिका बनाउने भएको छ । काउन्सिलको गत ४ चैतमा बसेको विशेष पूर्ण बैठकले निर्देशिका बनाउन समिति गठन गरेको छ ।

उक्त समितिमा डा अनुप सुवेदी संयोजक रहेका छन् । यस्तै डा प्रभात अधिकारी, डा सुवाष आचार्यलाई समितिको सदस्य तोकिएको छ । यसैगरी नेपाल चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ, जनरल प्राक्टिस एसोसिएशन अफ नेपाल र सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपालका प्रतिनिधि सदस्य रहनेछन् ।

काउन्सिल रजिष्ट्रार डा कृष्ण प्रसाद अधिकारीले विश्वव्यापी महामारी फैलिदै जाँदा नेपाली जनतामात्रै नभई कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मी समेत अलमलमा परेपछि उपचार निर्देशिका बनाउन लागिएको बताए । उनले यो निर्देशिकामा कुन डाक्टरको भूमिका के ? ओपिडीमा बस्नेले के गर्ने ? आईसीयूमा जानेले के गर्ने ? पीपीई को प्रयोग कहाँ गर्ने ? कसरी गर्ने ? एउटा स्वास्थ्यकर्मीले कति समय दिने लगायतका विषयहरु हुने बताए ।

उनले अहिलेसम्म नेपालमा कोरोना भाइरस नआएको स्पष्ट पार्दै आईहालेको खण्डमा के कसरी उपचार व्यवस्थापन गर्ने भन्ने विषयमा यो निर्देशिकाले स्पष्ट पार्ने बताए ।

महामारीका बेलामा देखिने व्यवसायिक आचरणका विषयलाई सम्वोधन गर्न अर्को निर्देशिका समिति
यसैबीच काउन्सिलले कोरोना भाइरस संक्रमणको महामारीका बेला जन्मिनसक्ने व्यवसायिक आचरणका विषयलाई सम्वोधन गर्न डा हरिहर वस्तीको संयोजकत्वमा व्यवसायिक आचरण निर्देशिका समिति गठन भएको छ ।

उक्त समितिको विज्ञ सदस्यमा डा रमेशकान्त अधिकारी, डा रमेश आचार्य, जा जनक कोइराला रहेका छन् । यस्तै डा विश्वराज दवाडी, डा कालुसिंह खत्री, डा सन्ध्या चापागाईँ, डा किशोरविक्रम मल्ल उक्त समितिको सदस्य रहेका छन् । समितिको सदस्य सचिव भने काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारी रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *