कोरोना शंकास्पद ३४ जनाको परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौँ, ५ चैत । विभिन्न अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार गराईरहेका कोरोना शंकास्पद ३४ जनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले हिजो राती १६ जना र आज अपरान्ह १८ जना गरी कुल ३४ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । सो रिपोर्टमा सबैको नतिजा नेगेटिभ आएको हो ।

जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले भने,  ‘हिजो राती १६ जना र अपरान्ह १८ जना गरी ३४ जनाको रिपोर्ट आएको छ । र रिपोर्ट नेगेटिभ आएको छ ।’

उनले अहिलेसम्म ५३० जनाको परीक्षण भएको र शुरुको एक जना बाहेक सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको स्पष्ट पारे ।
गुप्ताका अनुसार आज राती नौ बजेवाट थप स्याम्पलहरुको परीक्षण हुनेछ । ‘अब नयाँ परीक्षणका लागि अहिले राती नौ बजेबाट शुरु गछौँ,’ उनले भने ।

नेपालले कोरोनाको जोखिम बढदै जाँदा थप सुरक्षात्मक उपायहरु अवलम्बन गरिरहेको छ । जोखिम कम गर्न भिडभाड नगर्न विद्यालय बन्द देखि हवाई आवागमनमा रोक लगाउने सम्मका निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *