फार्मासिस्ट र फार्मेसी असिस्टेन्टको लाइसेन्स परीक्षा चैतमा नहुने

264
Shares

काठमाडौँ, ५ चैत । कोरोना भाइरसको जोखिम बढदै जाँदा नेपाल फार्मेसी काउन्सिलले चैत महिना भित्र सञ्चालन गर्ने भनेको नाम दर्ता परीक्षा (लाइसेन्स) केही पर सार्ने भएको छ । काउन्सिलले बुधबार सूचना जारी गर्दै चैत महिना भित्र सञ्चालन गर्ने भनेको फार्मासिस्ट र फार्मेसी असिस्टेन्ट नाम दर्ता परीक्षा केही पर सर्ने जनाएको छ ।

काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेले कोरोना भाइरसको विश्वव्यापी महामारी भएको अवस्था र विश्व स्वास्थ्य संगठनको पछिल्लो निर्देशन तथा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आग्रहलाई विचार गरेर पूर्वनिर्धारित समय केही पर सार्न लागेको बताए । उनले भने, ‘हामीले मिति त तोकिसकेका थिएनौँ तर चैत महिना भित्र गर्छौ भनेर भनेका थियौँ । त्यो चाहि अहिलेलाई सर्ने भयो ।’

काउन्सिलको पन्ध्रौ लाइसेन्स परीक्षामा सहभागी हुन फार्मासिस्ट र फार्मेसी असिस्टेन्ट गरी करीब ३ हजारले फारम भरेका थिए ।

यसअघि नेपाल मेडिकल काउन्सिलले कोरोनाको कारण देखाउँदै ८ चैतमा गर्ने भनेको एमबीबीएस तथा वीडीएसको नामदर्ता ( लाइसेन्स) परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको जनाएको छ ।

तर शिक्षा मन्त्रालयले भने विहीबारबाट देशव्यापी रुपमा कक्षा १० को परीक्षा एसईई सुरु गर्दैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *