शंकास्पद ११ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

576
Shares

काठमाडौँ, ३ चैत । कोरोना भाइरसको आशंकामा विभिन्न अस्पतालमा भर्ना भएका ११ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँको टेकु र पाटन सहित पोखरा, चितवन, नेपालगञ्ज, धनगढी, लुम्विनीका विभिन्न अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका शंकास्पद विरामीको गत शनिबारबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

‘अस्ति देखि परीक्षणमा राखेका थियौँ, हिजो राती १० बजे रिपोर्ट आयो तर सबै नेगेटिभ आयो,’ प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

शनिबारको परीक्षणसंगै संगै प्रयोगशालामा परीक्षण गराउनेको संख्या ४७८ पुगेको उनले जानकारी दिए ।

नेपालमा अहिलेसम्म शुरुमै आएको १ जना बाहेक सबैमा रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ देखिएको पहिलो केश पनि अहिले निको भइसकेको छ ।

चीनबाट आएको एक जना नेपाली विद्यार्थीबाट कोरोना आंशकामा नमुना संकलन गरी परीक्षणका लागि १३ जनवरीमा हंङकङ पठाएको थियो । सो केशको १० दिनपछि रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो । तर त्यसयता कुनै पनि केस पोजेटिभ आएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *