नेपालमा संकास्पद ४५६ जनाको कोरोना भाइरस परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

940
Shares

काठमाडौँ, २ चैत । नेपालमा कोरोना भाइरसको कुनै संक्रमण नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । आइतबार विहान केही अनलाइनहरुले नेपालमा पनि कोरोना भाइरस देखियो भन्दै खबर सप्रेषण गरेका थिए ।

प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण नभएको स्पष्ट पारे । ‘जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४५६ जनाको परीक्षण भइसकेको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । अहिले थप ८ जनाको परीक्षण भइरहेको छ । यसको रिपोर्ट बेलुकासम्म आउँछ । त्यसैले अहिले कोरोना देखियो भन्नु भ्रम फिजाउने र आतंक सिर्जना गर्ने कार्य हो । कृपया यस्तो नगरौँ ,’ उनले भने ।

प्रयोगशालामा शनिबार नेपालगञ्जको १, पोखराबाट आएको २ र बाँकी ५ काठमाडौँको गरी ८ जनाको कोरोना परीक्षण भइरहेको छ ।

चीनबाट शुरु भएको कोरोनाको प्रकोप अहिलेसम्म संसारका १४९ वटा देशमा फैलिएको छ । अहिलेसम्म १ लाख ५२ हजार ९०१ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने ५ हजार ८०१ जनाको ज्यान गईसकेको छ । कोरोना संक्रमणपछि निको हुनेको संख्या ७५ हजार ५५९ पुगेको छ ।

नेपालमा पनि पहिलो केस पोटेटिभ देखिएको थियो । तर सो केश तत्कालै निको भईसकेको छ । चीनबाट आएको एक जना नेपाली विद्यार्थीबाट कोरोना आंशकामा नमुना संकलन गरी परीक्षणका लागि १३ जनवरीमा हंङकङ पठाएको थियो । सो केशको १० दिनपछि रिपोर्ट आउँदा पोजेटिभ देखिएको थियो । तर त्यसयता कुनै पनि केस पोजेटिभ आएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *