काठमाडौँबाट ७८ हजार थान सर्जिकल मास्क सहित ८ जना पक्राउ
काठमाडौँ, १ चैत । कृतिम अभाव सिर्जना गरी चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौको डल्लु आवास क्षेत्रबाट रहेको मञ्जुश्री ट्रेर्डसबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मञ्जुश्री ट्रेर्डसका सञ्चालक मिन्टु तामाङ्ग, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, ललितपुरका शिव खडका,काभ्रे रोशी- ९ का मानकाजी लामा, निशान तामाङ्ग, बाजुराका थुमराज उपाध्याय र नीर्प कार्की छन् ।

उनीहरुले ५ रुपैयाँ पर्ने मास्कलाई ३१ रुपैयाँमा विक्री गर्न लागेको प्रहरीले जनाएको छ । उनीहरुमाथि कालोबजारी ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाउन लागिएको काठमाडौँ प्रहरीका प्रवक्ता होविन्द्र बोगटीले बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

