प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालबाट आज डिस्चार्ज हुने

204
Shares

काठमाडौँ, ३० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालको आइसीयूमा स्वास्थ्य लाभ गरेका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुने भएका छन् ।

अस्पतालका निर्देशक प्राडा प्रेमराज खड्गाले आज साँझ उनलाई डिस्चार्ज गर्ने तयारी भएको बताए ।

‘उहाँको स्वास्थ्य अवस्था राम्रो छ र आज साँझ डिस्चार्ज गर्ने तयारीमा छौँ,’ प्राडा खड्गाले भने ।

प्रधानमन्त्री ओलीको गत २१ फागुनका दिन त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *