शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो विश्व मिर्गौला दिवस

336
Shares

भक्तपुर, २९ फागुन । आज मार्च महिनाको दोस्रो विहीबार अर्थात विश्व मिर्गौला दिवस । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उच्च सरकारी अधिकारी, चिकित्सक, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, कलाकार, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

यसपटकको विश्व मिर्गौला दिवसको नारा “मृर्गाैला स्वास्थ्य जहाँ सुकै जो सुकैको लागि, रोकथाम देखि पहिचान र उपचारमा समान पहँुच ” भन्ने छ । कार्यक्रमका बक्ताहरुले दिवसको नारा जस्तै मिर्गौला स्वास्थ्य जहाँ सुके र जो सुकैका लागि आवह्यक भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान विश्वमा नसर्ने रोग मृत्यूको प्रमुख कारण भइ सकेको र नेपालमा नसर्ने रोगबाट धेरै व्यक्तिहरु अकाल मृत्यूको शिकार हुने जस्को प्रमुख कारण मुटु, क्यान्सर, मृगौला, कलेजोको रोग रहेको बताए । उनले । विभिन्न अंग फेल हुने र त्यसबाट बच्न बचाउन विभिन्न जनचेतना मूलक कार्यक्रमको महत्वपूर्ण भूमिका रहने चार्च गर्दै उनले यी रोगहरुबाट बच्न नियमित रुपमा चेकजाँच गराएर सचेत हुन जरुरी रहेको उल्लेख गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्वस्थ्य रहनको लागि खान पान र आयम व्यायममा जोड दिनुपर्ने बताए । स्वास्थ्यकर्मीहरुले दिएको सल्लाहरु नमान्दा पनि कतिपय रोगहरु लाग्ने र जटिल बन्ने गरेको भन्दै अस्पतालले दिएको सेवाको प्रशंसा गरे ।

बेलायतबाट आएका प्रत्यारोपणविद् प्रा डा डेभिड टल्बटले नेपालले प्रत्यारोपण क्षेत्रमा हाँसील गरको प्रगतिबाट सन्तोष व्यक्त गरे । उनले आफ्नो मातहतमा रहेर बेलायतमा तालिम गरेको डा पुकारचन्द्र श्रेष्ठ र अन्य नेपाली चिकित्सक टोलीले नेपालमा अंगदान र प्रत्यारोपणको क्षेत्रमा निकै प्रगति गरेको भन्दै प्रशंसा गरे ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा पुकार चन्द्र श्रेष्ठले सरकारले अंगदान र अंग प्रत्याारोपण कानून विश्वकै उदार भएको जानकारी दिँदै सबैले निसंकोच दान गर्नु पर्ने र लैंगिक भेदभाव कम गर्न पनि सवैवाट अंगदान गर्नुपर्ने जरुरी भएको कुरामा जोड दिए । उनले प्रत्यारोपण केन्द्रले दिएको सेवाको बारेमा समेत विस्तृत जानकारी दिए ।

सोही कार्यक्रमका प्रा डा रजनी हाडाले पिसाव जचाँउ मृर्गौला बचाँउ भन्ने नारा जनमानसमा व्यापक रुपमा फैलाउनु पर्ने कुरा बताइन ।

अन्य वक्तहरुले समाजमा जनचेतना फैलाउनको लागि आफ्नो क्षेत्रबाट अभियान्ताको रुपमा काम गर्ने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापति, बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुश कुमार जोशी, प्राडा गुण कुमार श्रेष्ठ सहित प्रत्यारोपण गरिएका व्यक्ति तथा आम सर्वसाधारणको उपस्थिति थियो ।

उक्त कार्यक्रममा सहभागी सवै बक्ताले प्रधानमन्त्रीको स्वदेशमानै मृगौला प्रत्यारोपण भएकोमा खुशी व्यक्त गरेका थिए । उक्त अवसरमा प्राडा टल्वटलाई विशेष सम्मान गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *