प्रधानमन्त्री केपी ओली र मिर्गौला दाता समीक्षाको डिस्चार्ज अब संगसंगै

376
Shares

काठमाडौँ, २७ फागुन । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली र उनलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संगौँलाको डिस्चार्ज संगै गर्ने भएका छन् । समीक्षाको चाहना अनुसार संगै डिस्चार्ज गर्न लागिएको हो । तर चिकित्सकहरुले डिस्चार्ज हुने दिन अझै खुलाएका छैनन् ।

प्रत्यारोपण र त्यसपछिको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्रीको सचिवालयले आज गरेको विशेष पत्रकार सम्मेलनमा क्याविनेट चिकित्सक समेत रहेकी प्राडा दिव्या सिंह शाहले निकै छिटै डिस्चार्ज गर्ने योजना रहेको बताइन् । उनले भनिन्, ‘त्यो दिन तोकिहाल्नु हतार हुन्छ तर हामी निकै छिटै उहाँहरु ( प्रधानमन्त्री ओली र समीक्षा)लाई डिस्चार्ज गर्ने योजनामा छौँ ।’

उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था निकै राम्रो भएको र डिस्चार्ज गर्न मिल्ने अवस्थामा भएपनि घरपरिवारले केही दिन अस्पतालमै राख्न आग्रह गरेका कारण केही दिन ढिला गर्न लागिएको बताइन । डा शाहले अंगदाता समीक्षाले पनि प्रधानमन्त्रीसंगै डिस्चार्ज हुन चाहेपछि आज गर्ने भनिएको योजना स्थगित भएको सुनाइन ।

प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनको प्रत्यारोपण नेपाली चिकित्सक टोलीले गरेको थियो । यद्धपी व्याक सपोर्टका लागि भन्दै भारतबाट डा अनन्तकुमार सहितको तीन सदस्यीय टोली पनि आएको थियो । सो टोली अहिले भारत फर्किसकेको छ ।

कार्यक्रममा प्रत्यारोपणमा सहभागी चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र उपचारका क्रममा भोगेका अनुभवबारे बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *