कोरियाबाट फर्किएका ‘कोरोना संकास्पद’द्धारा आइसोलेसनमा बस्न अटेरी
काठमाडौँ, २२ फागुन । दक्षिण कोरियाबाट फर्केका एक जना कोरोना संकास्पद व्यक्ति टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले बनाएको आइसोलेसन वार्डमा बस्न अटेरी गरेका छन् ।
सुनसरी घर भएका उनले बुधबार बेलुका चिकित्सकको आँखा छली भागेका छन् । यद्धपी उनी आज विहानको उडानबाट विराटनगर तर्फ लागेको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीले संकास्पद भनिएका व्यक्तिले चिकित्सकको आग्रहलाई अटेरी गरेको बताए ।
‘हिजो एयरपोर्टको हेल्थ डेस्कले ती व्यक्तिलाई यहाँ पठाएको थियो । यहाँ हाम्रा डाक्टरहरुले उनकोे परीक्षण गर्दै हुनुहुन्थ्यो । तर उनले आफूलाई केही नभएको दावी गरिरहेछन् । सोही क्रममा उनी लापत्ता भएछन् । तर विहान मोवाइल ट्रयाकिङ गर्दा त्रिभुवन विमानस्थलमा भेटियो । उसको परिवारका सदस्यसंग विराटनगर जाँदै रहेछ । मैले पछि समस्या भयो भने धरान जानु भनेर पठाएको छु.’ उनले भने ।
उनले विरामी भागेको भन्दा पनि अटेरी गरेको बताए । ‘उसको सबै डिटेल हामीसंग छ । फोनमा उ संग सम्पर्क भएको छ,परिवारसंग पनि सम्पर्क भएको छ । र त्यस्तो समस्या होइन,’ उनले भने ।
तर संकास्पद भनेर पठाएको व्यक्ति बस्दिन भनेर जवरजस्ती गरयो भन्दैमा छाडियो भने त्यसले थप संकट निम्याउने सम्भावना बढी हुनजान्छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

