खरिपाटी तालिम केन्द्र केही समय क्वारेन्टाइनकै रुपमा रहने

240
Shares
खरिपाटीस्थित क्वारेन्टाइन स्थल

काठमाडौँ, १८ फागुन । भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र अझ केही समय कोरोना भाइरस क्वारेन्टाईन केन्द्रकै रुपमा रहने भएको छ ।

गत ४ फागुनमा चीनको वुहानबाट ल्याइएका १७५ जना विद्यार्थीलाई राख्न सो तालिम केन्द्रलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । विद्यार्थीहरुको १४ दिन शनिबा पुगिसकेको छ । अहिले उनीहरुको स्वाव झिकेर कोरोना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ आयो भने सरकारले उनीहरुलाई क्वारेन्टाइन मुक्त गर्नेछ । त्यसपछि सो क्वारेन्टाइन खाली हुनेछ ।

‘तर अहिले अवस्था जोखिमपूर्ण नै छ । त्यसैले अहिले तयार गरिएको खरिपाटी क्वारेन्टाइन अझ केहीसमय राख्ने निर्णयमा पुगेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भने । उनले चीनबाट फैलिएको भाइरस अहिले ६० देशमा पुगिसकेकोले यसको जोखिम कायम नै रहेको भन्दै तालिमकेन्द्रलाई क्वारेन्टाइनकै रुपमा केही समय राख्न लागिएको बताए ।

महोत्सव, सभा समारोह जस्ता भिडभाड हुने कार्य नगर्न आवहान गर्ने
सरकारले कोरोनाको जोखिम कम गर्न केही समयका लागि महोत्सव सभा समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आम सर्वसाधारण र आयोजकहरुलाई आवहान गर्ने भएको छ ।

‘केही समयका लागि हामीले अब यो सभा, महोत्सव, ठूला भोज भतेर जस्ता समारोह पनि नगर्न नगराउन आम जनतासमक्ष आवहान गर्ने भएका छौँ,’ उनले भने ।

मन्त्री ढकालले सरकारले १ महिना पछि गर्न लागेको सगरमाथा सम्वाद समेत तत्कालका लागि स्थगित हुनसक्ने संकेत गरे ।’ हामीले गर्ने अरुलाई नगर भन्ने त हुँदैन । त्यसैले सगरमाथा सम्वाद पनि सर्न सक्छ,’ उनले भने ।

त्रिभुवन विमानस्थलबाट बाहिरिने र भित्रिने दुबैको स्वास्थ्य जाँच गर्ने
स्वास्थ्य मन्त्री ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलन हुँदै भित्रिने र बाहिरिने सबै यात्रुहरुको चेक जाँच गर्ने व्यवस्था मिलाइएको समेत बताए । त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको समेत व्यवस्था मिलाइएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *