नर्स र डाक्टरलाई खाडीमा अवसर : तलब सुविधा एक लाख देखि १० लाख !

काठमाडौँ, १३ फागुन । बैदेशिक रोजगारका लागि नेपालीहरुको प्रमुख गन्तव्य हो खाडी (मध्यपूर्व) मुलुक । अनि खाडी मुलुकसंग जोडिने अर्को विषय पनि छ अप्राविधिक नेपाली कामदार ।

साउदी अरव, युएई, कतार, ओमान, वहराईन जस्ता मुलुकहरुमा १० औँ लाख नेपाली श्रम गर्न पुगेका छन् । र अधिकांश अप्राविधिक विषयमा । रोजगारी त भयो तर श्रम बढी र आम्दानी कम । तर केही नेपाली म्यानपावरहरुले अब दक्ष प्राविधिकहरुलाई पनि खाडीको श्रम बजारमा पठाउन थालेका छन् ।

धुम्बाराहीस्थित मनास्लु इन्टरनेशनल प्रालिले मध्यपूर्वका ती देशहरुमा नेपालबाट डाक्टर र नर्सहरु पठाउन थालेको बताएको छ ।
उसले ती देशमा जाने चिकित्सक तथा नर्सले नेपालमा भन्दा कम्तीमा तीन गुणा बढी तलव पाउने ठोकुवा गरेको छ ।

मनास्लुका अध्यक्ष बालकृष्ण श्रेष्ठ भन्छन्, ‘हामीले साउदी तथा युएईका कतिपय अस्पतालहरुमा रोजगारका लागि एक सय बढी नर्स पठायौँ र चिकित्सक पनि पठाउने तयारी छौँ । र अहिले ती आम्दानीको हिसावले पनि निकै राम्रो छ ।’

अध्यक्ष श्रेष्ठले खाडी मुलुकमा पीसीएल नर्सको तलव कम्तीमा ९० हजार र व्याचलर पासले कम्तीमा १ लाख ५ हजार बेसिक तलव हुने बताए । चिकित्सकको हकमा मेडिकल अफिसर तहले कम्तीमा साढे ३ लाख तलव भएको जानकारी दिए ।

खाडीका कतिपय मुलुकमा अनुभवि र विशेषज्ञ चिकित्सकले मासिक २४ लाख रुपैयाँसम्म तलव बुझ्ने गरेको समेत सुनाए ।

उनले बैदेशिक रोजगारीमा जानेका लागि फ्रि भिषा र फ्रि टिकटको व्यवस्था रहेको समेत सुनाए । ‘बैदेशिक रोजगारीका काम कति अप्राविधिक कामदारलाई मात्रै पठाउने अब दक्ष र प्राविधिक कामदारलाई पनि त्यहाँ अवसर दिलाउ भन्ने हो । खाडीमा अब नेपालीहरुले सुरक्षित र सम्मानित ढंगले काम गरुन भन्ने पनि हो,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

मेडिकल करिअर अन मिडिल ईष्ट कन्फ्रेन्स हुँदै
यसैबीच आगामी शनिबार राजधानीमा (१७ फागुन) नेपालका स्वास्थ्यकर्मी (चिकित्सक तथा नर्स) का लागि खाडीमा के कस्तो अवसर छ भन्ने विषयमा जानकारी दिन मेडिकल करिअर इन मिडिल इस्ट कन्फ्रेन्स २०२० आयोजना हुँदैछ ।

नागपोखरीस्थित होटल म्यारियटमा हुने सो कन्फ्रेन्समा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका नीति निर्माता गरी ३०० बढीको सहभागीता रहने बताइएको छ । सो अवसरमा मध्यपूर्वका नामुद मेडिकल ग्रुप अफ कम्पनीबाट समेत उपस्थिति र काउन्सिलिङ हुने समेत मनास्लुका अध्यक्ष श्रेष्ठले बताए ।

उनले त्यसबेला मध्यपूर्वमा चिकित्सा तथा नर्सिङ पेशा गर्न चाहनेले के कस्ता मापदण्ड चाहिन्छ ? के कस्ता सुविधा हुन्छ भन्ने बारेमा समेत विस्तृत जानकारी दिइने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

8 thoughts on “नर्स र डाक्टरलाई खाडीमा अवसर : तलब सुविधा एक लाख देखि १० लाख !

Leave a Reply to Yagya khadka Cancel reply

Your email address will not be published. Required fields are marked *