नोबेल मेडिकल कलेजद्धारा एम्बुलेन्स हस्तान्तरण

मान्म, ११ फागुन । विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
जिल्लाका बिरामीको सहज उपचारमा सहयोग पु¥याउने ध्येयले कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स प्रदान गरेको जनाएको छ ।
तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले यसका लागि समन्वय गर्नुभएको जनाइएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा कलेजका सञ्चालक डा सुनिल शर्माले स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने बताए । महासचिव शाहीले बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप सहज हुने र यहाँको स्वास्थ्यस्थितिलाई माथि उठाउन सबै लाग्नुपर्छ भने । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

