बच्चामा अण्डकोष नभेटिने अवस्था र यसको उपचार

- नेपाली हेल्थ
  • डा. विजय थापा , सह प्राध्यापक तथा बरिष्ठ बाल सर्जन – कान्ति बाल अस्पताल

अण्डकोष रहने थैली जसलाई मेडिकल भाषामा स्कटर्म (scrotum) भनिन्छ ।  यो थैली दुईवटा हुन्छ । त्यसमा दायाँ र बाँया गरी दुईवटा अण्डकोष रहन्छ । यदि त्यो थैलीमा अण्डकोष नभएको वा छाम्दा नभेटिएको अवस्थालाई अनडिस्क्याडिड टेस्टिस (Undescanded testis-UDT) भनिन्छ । प्राय: एकातिरको थैलीमा देखिने यो समस्या कतिपय बच्चामा दुबै पट्टीको थैलीमा पनि हुने गर्दछ ।

कस्तो किसिमको बच्चामा यो समस्या देखिन्छ ?
प्रायगरी महिना नपुगेर जन्मेका बच्चा (Preterm), कम तौल भएर जन्मेका बच्चा (Low Birth Weight) हरुमा यस्तो समस्या धेरै देखिन्छ । महिना पुगेर जन्मेका (term baby ) बच्चामा करीब करीब ३ प्रतिशतमा यो समस्या देखिएको अध्ययन्हरुले बताएको छ । कहिलेकाँही हर्मोनको समस्या अथवा क्रोमोजमको समस्या भएका बच्चाहरुमा देखा पर्न सक्छ । तर यो यस्तो अवस्थाले हुने केश विरलै मात्रै पाइन्छ ।

के कारणले यस्तो हुन सक्छ ?
गर्भभित्र रहँदा दुबै अण्डकोष बच्चाको पेटमा हुने गर्दछ । बच्चाको विकास हुने क्रममा अण्डकोष पेटबाट दुबै कासमा हुने inguinal canal हुँदै scrotum थैलीमा आईपुग्छ । यो प्रक्रियाका लागि शरीरमा हुने हर्मोनको मुख्य भुमिका हुन्छ । अण्डकोष यसरी पेटबाट थैलीमा स्थानान्तरण हुने क्रममा माथि उल्लेखित वा अन्य कुनै किसिमको समस्या आएमा यो अवस्था सिर्जना हुन्छ । अर्थात बच्चामा अण्डकोष नभेटिन सक्छ ।
यसका प्रकारहरु :

  • छामेर भेटिने अण्डकोष (Palpable UDT) : चिकित्सक वा आफैले छाम्दा काँसमा भेटिने
  • छामेर नभेटिने अण्डकोष (Impalpable testis):  जाँच गर्दा वा छाम्दा काँसमा नभेटिने अवस्था जसमा पेटभित्र हुन सक्ने सम्भावना भएको ।

UDT का लक्षणहरु के के हुन् ?
यो समस्या भएका बच्चाहरुको अण्डकोष नभएको थैली अर्को तिरको भन्दा सानो वा विकास राम्रो नभएको जस्तो देखिन्छ । काँसमा कुनै डल्लो चिज देखिनु वा रुँदा कराउँदा फुलेको जस्तो लक्षण पनि कतिपयमा देखिन्छ ।

यस्तो समस्याको निदान कसरी गरिन्छ ?
चिकित्सकको जाँच अथवा छामेर नै प्राय अण्डकोष भए नभएको भन्ने एकीन गर्न नै यसको निदानको मुख्य विधि हो । यसरी जाँच गर्दा वा छाम्दा अण्डकोष नभेटिएमा भिडियो एक्सरे वा एमआरआईको मद्धतले पनि अण्डकोष भए नभएको र भएमा कहाँ र कस्तो अवस्थामा छ भनेर पनि यकिन गर्न सकिन्छ । तर यी जाँचले पनि नदेखाएमा वा यकिन गर्न नसकेमा छैन भनेर ढुक्क भएर बस्न हुँदैन । यस्तो अवस्थामा ओपन सर्जरी वा ल्याप्रोस्कोपि विधिबाट यकिन गरी उपचार गर्नु पर्दछ ।

उपचार विधि के हुनसक्छ ?
यस्तो केशमा धेरै जसो उपचार शल्यक्रियाद्धारा नै गर्ने गरिन्छ । वा दुरविनको सहायताले पनि गर्ने गरिन्छ । काँसमा छाम्दा भेटिने अण्डकोषलाई कासमा भित्री बाटो बनाई अण्डकोषलाई थैलीमा ल्याएर राखिन्छ । जसलार्य मेडिकल भाषामा यचअजष्मयउभहथ भनिन्छ । छाम्दा नभेटिने अण्डकोष वा पेटमा रहेको अण्डकोषलार्य दुरबीन –ल्याप्रोस्कोपी को सहायताले अथवा चिरेरै अण्डकोष रोजेर तल झार्ने गरिन्छ । कहिलेकाँही अण्डकोष भेटिए पनि यदि धेरै सानो आकारको भएमा यसलाई फाल्नुपर्ने अवस्था हुन्छ । नभरेको अण्डकोषलाई कतिपय अवस्थामा हर्मोनल उपचार विधिले पनि समाधान गर्न सकिन्छ । तर पनि शल्यक्रिया नै यो समस्याको प्रमुख विधी हो ।

शल्यक्रिया गर्नुपर्ने कारण ?
१. ठूलो भएपछि बाँझोपन हुनसक्ने भएकोले । यस्तो अवस्था दुबै तिरको अण्डकोष थैलीमा नभेटिएको वा पटेमा भएको अवस्थामा बढी हुने हुन्छ ।
२. पछि गएर क्यान्सरको जोखिम बढन सक्ने हुनाले अण्डकोष पेटमा भएकाहरुमा क्यान्सरको जोखिम सामान्य अवस्थामा भन्दा १० गुणा बढी हुने हुनाले ।
३. कस्मेटिक भ्यालुलाई सामान्य अवस्था बनाई राख्न पनि यो सर्जरी जरुरी हुन्छ ।
४. थैलीमा अण्डकोष आएमा पछि भविस्यमा आइपर्न सक्ने अण्डकोषको समस्या सजिलैसंग पहिचान गर्नका लागि पनि सर्जरी जरुरी पर्दछ ।

शल्यक्रिया कत्तिको जटिल हो र शल्यक्रिया अघि पछि ध्यान दिनुपर्ने कुरा के के हुन् ?
यो शल्यक्रिया ‘डे-कियर वेसिस’मा  गर्न सकिन्छ । अर्थात विहान सबेरै शल्यक्रिया गरेर बेलुका घर जान सकिन्छ । शल्यक्रिया बच्चालाई पुरै वेहोस पारेर गरिन्छ र कुनै समस्या नआए शल्यक्रिया पश्चात बच्चाहरु केही घण्टामा खाने र खेल्ने अवस्थामा पुग्छन् ।

शल्यक्रिया पश्चात तीन महिना पछि अण्डकोष कस्तो किसिमले विकास भईरहेको छ भनेर फलोअप भने गर्नुपर्ने हुन्छ ।

# सह प्राध्यापक तथा बरिष्ठ बाल सर्जन डा थापा कान्ति बाल अस्पतालमा कार्यरत छन् ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *