चिकित्सक संघको निर्वाचन : प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा. बस्नेत र डा. कार्कीको दावेदारी

2.1k
Shares

काठमाडौँ, १८ कात्तिक ।  आगामी माघ महिनामा हुन लागेको नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनका लागि नेपाली कांग्रेस निकट चिकित्सकहरुको समूह प्रजातान्त्रिकबाट अध्यक्ष पदमा दुई जनाले दावेदारी प्रस्तुत गरेका छन् ।

हिजो राजधानीमा चलेको प्रजातान्त्रिक समूहका चिकित्सकहरुको भेलामा एनएमएका बर्तमान महासचिव डा लोचन कार्की र पूर्व महासचिव डा भुपेन्द्रकुमार बस्नेतले अध्यक्षका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

भेलाले उम्मेद्धारको अन्तिम टुंगो लगाउने जिम्मा भने अध्यक्ष डा मुक्तिराम श्रेष्ठलाई दिएको छ ।

अध्यक्षमा उम्मेद्धार बन्न इच्छा व्यक्त गरेका डा कार्कीले अघिल्ला पदाधिकारीहरु पनि महासचिव पछि अध्यक्षमा लडेर आएका भन्दै आफूले स्वतह सो पदमा उम्मेद्धारी दिन लागेको बताए । ‘मैले निर्णय गरिसकेको छु । आम चिकित्सक बर्गले मेरो नेतृत्वको हुनुपर्छ भनेर आग्रह गर्नु भएको छ । त्यसैले अध्यक्षका लागि इच्छा व्यक्त गरेको हुँ,’ उनले भने ।

यता पूर्व महासचिव डा बस्नेतले पनि अध्यक्षमा आफ्नो उम्मेद्धारी स्वभाविक रहेको बताए । ‘अघिल्ला पटक पनि मलाई नेतृत्वमा आउनका लागि नभनिएको होइन अर्को जिम्मेवारी रहेका कारण अलि सम्भव भएन । यसपटक सबैले नेतृत्वमा आउनु पर्छ भनेका छन् त्यसैले मैले अध्यक्षमा उम्मेद्धारी दिन इच्छा व्यक्त गरेको हुँ,’ उनले भने ।

एनएमए निर्वाचनमा प्रजातान्त्रिक समूहले सधैजसो जित हासिल गर्दै आएको छ । त्यसैले पनि यी दुबै आकाक्षीहरुले उम्मद्धारी पाएको खण्डमा जीत पक्का भएको बताउने गरेका छन् । डा बस्नेतले भन्छन्, ‘उम्मेद्धारी पक्का छ जीत त झनै पक्का छ ।’

प्रगगिशील समूहबाट अध्यक्षमा डा. खराल 

यता डा पुष्पमणी खरालले यसअघि नै अध्यक्ष पदमा उम्मेद्धार हुने घोषणा गरिसकेका छन् । गत २७ भदौमा धनगढी पुगेर डा खरालले अध्यक्षमा उम्मेद्धारी दिने घोषणा गरेका हुन् ।

अहिलेसम्म समूह नखुलाए पनि उनी नेकपा निकट प्रगतिशील समूहको नेतृत्व गर्दै निर्वाचनमा उठ्ने बताइएको छ । डा खरालले आफ्नो चुनावी नारा सुरक्षीत पेशा खुशी चिकित्सक भन्ने बनाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *