भयो अहेवको समायोजन, मन्त्रालयद्धारा आइतबार नै पत्र ‘डिस्प्याच’
काठमाडौँ, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहेवको समायोजन गरेको छ । मन्त्रालयले आइतबार १० हजार बढी अहेवको समायोजन गरी पत्र डिसप्याच गरेको बताएको छ ।मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले अहेवको समायोजनको पत्र ‘डिसप्याच’ भैसकेको पुष्टि गरे ।
उनले भने, ‘अहेवको पत्र हिजो हिडिसक्यो । अब आज उनीहरुको सूची वेवसाइटमा पनि राखिन्छ होला ।’
अहिले समायोजनको पत्र पठाईएपनि विवाद भने कायम नै रहने देखिएको छ । ‘गुनासो सम्वोधन सायद भएको छैन । अब कति गुनासो पर्छन् त्यसपछि मात्रै मिलाउने प्रयास हुन्छ होला,’ मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका एक अधिकारीले बताए ।
प्रवक्ता श्रेष्ठले नमिलेको भए पुन गुनासो लिएर सच्याउने प्रयास गरिने बताए ।
सम्पर्क इमेल : [email protected]