समायोजनले ‘घटुवा’ गराएको स्वास्थ्यकर्मीको आरोप

काठमाडौँ, १ असोज । समायोजनले घटुवा गरेको भन्दै स्वास्थ्य सेवा अन्तरगर्त यसअघि स्तरबृद्धि भएका पाँचौँ, छैटौँ र सातौँ तहका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुले गैरकानूनी ढंगबाट समायोजनका बेला आफूहरुको घटुवा गरेको आरोप लगाएका छन् ।

योग्यता नपुगेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि दफा ९ (१) बमोजिम स्तरबद्धि भएका कतिपय कर्मचारीहरुको पुरानै पदनाम तोकिदिएको छ । यसले अहेवबाट स्तरबृद्धि भई एचए भएका कर्मचारी फेरी अहेवमै झरेका छन् ।

जनस्वास्थ्यकर्मी बसन्त श्रेष्ठले स्वास्थ्य सेवा ऐन दफा ९ (१) बमोजिम आफूहरुको स्तरबृद्धि भई दशौँ बिसौँ बर्ष देखि त्यो पदमा कार्यरत भएको व्यक्तिलाई यति खेर आएर यो मिल्दैन भन्नु गैरकानूनी रहेको जिकिर गरे । उनले निजामति तर्फ एक तह बढुवा भएर समायोजन तथा पदस्थापन गरिएको तर स्वास्थ्यकर्मीहरुको झन् तह घटुवा गरेको आरोप लगाए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्तरबृद्धि भएका पाँचौ छैटौँ र सातौँ तहका कर्मचारीहरुको समायोजनमा समस्या भएको भन्दै आफूहरुले सामान्य प्रशासन मन्त्रालयलाई लेखि पठाएको तर उताबाट नमिल्ने भन्ने उत्तर आएको जानकारी दिए । ‘खासमा अहिले भएका विभिन्न तहका कर्मचारीको समायोजन गर्ने मात्रै काम थियो । अहिले कसले कुन योग्यता लिएको छ भनेर हेर्ने होइन थियो । निजामति किताव खानामा रहेको विवरण अनुसार हुुनपर्नेमा त्यो भएन । यसले पहिले एक तहका काम गरेका कर्र्मचारीलाई मर्का पार्ने देखियो,’ उनले भने ।

समायोजनमा आफूको स्तरबृद्धि झनै घटुवा भएपछि स्वास्थ्यकर्मीहरु दिनहुँ गुनासो गर्न मन्त्रालय पुग्ने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

4 thoughts on “समायोजनले ‘घटुवा’ गराएको स्वास्थ्यकर्मीको आरोप

  1. लोक सेवाबाट खुला तर्फ सिफारिस भएका अफिसरहरुको पद त नियुक्ति पत्र भन्दा फरक लेखेर समायोजन पत्र दिएका छन् (“स्वास्थ्य शिक्षा अधिकृत”लाई “स्वास्थ्य शिक्षा प्रशिक्षक”) । अरु त झन् के के हो के के स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेथिति !

  2. घटुवा गरेर समायोजन गर्नु भनेको एक किसिमको अपराध नै हो । मन्त्रालयले बेलैमा ध्यान पुरावोस नत्र फेरि उहीँ मुद्दा मामिलको कुरा हुन्छ र फेरि समस्या बल्झिन्छ।

  3. महेन्द्र श्रेष्ठज्युकाे शुरु नियुक्ति अहेव हाे, उहाकाे पनि शुरु नियुक्ति राख्दा अहेव राख्नु पर्ने हाेइन ?

    1. यो स्वास्थ्य कर्मिहरु प्रतिको ज्यादती हो सरकार ले स्वास्थ्य का हे अ कर्मचारीको घाटी निचर्ने काम गर्यो ? यस्तै पारा हो भने स्वास्थ्य क्षेत्र मा अहिले सम्म देखिएको प्रगति गुम्न सक्छ ।

Leave a Reply to रामकृष्ण घिमिरे Cancel reply

Your email address will not be published. Required fields are marked *