प्रदेशका १३ वटा कार्यक्रम गर्न स्वास्थ्यको बजेट झण्डै ५ अर्व, कहाँ – कति ?

काठमाडौँ, २४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको कार्यक्रमका लागि छुट्याएको ४ अर्व ८७ करोड ८१ लाख ८३ हजार रुपैयाँको बाँडफाँड गरेको छ । मन्त्रालयले सात वटा प्रदेशलाई स्वास्थ्यका विभिन्न १३ वटा कार्यक्रम सञ्चालन गर्न सो बजेट बाँडफाड गरेको हो ।

कुन कुन कार्यक्रमका लागि कति बजेट ?
मन्त्रालयका अनुसार अनुगमन, मूल्यांकन तथा योजना सुदृढीकरणका लागि ६ करोड रुपैयाँ, एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रमका लागि १३ करोड ४ लाख ३१ हजार रुपैयाँ, एकीकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य कार्यक्रमका लागि ९६ करोड ९६ लाख २० हजार रुपैयाँ, एकीकृत बाल स्वास्थ्य एवं पोषण कार्यक्रम १ अर्व ६२ करोड ४९ लाख ६० हजार रुपैयाँ, इपिडिमियोलोजी, औलो, कालाजार नियन्त्रण तथा प्राकृतिक प्रकोप व्यवस्थापन कार्यक्रमका लागि ३४ करोड १७ लाख ७० हजार रुपैयाँ छुट्याइएको छ ।

यस्तै अपांगता रोकथाम तथा कुष्टरोग नियन्त्रण कार्यक्रमका लागि ४ करोड १० लाख २० हजार रुपैयाँ, अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणालीका लागि २६ करोड ४५ लाख १३ हजार रुपैयाँ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका लागि पाँच करोड २५ लाख रुपैयाँ, राष्ट्रिय तालिम कार्यक्रमका लागि तीन करोड ९९ लाख रुपैयाँ, क्षयरोग नियन्त्रण कार्यक्रमका लागि १३ करोड २९ लाख ८१ हजार रुपैयाँ छुट्याएको छ ।

यसैगरी मन्त्रालयले प्रदेशमा उपचारात्मक सेवा कार्यक्रम सञ्चालन गर्न ४२ करोड ९७ लाख ८८ हजार रुपैयाँ, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमका लागि ६७ करोड ४४ लाख २६ हजार रुपैयाँ र आयुर्वेद सेवा कार्यक्रमका लागि ११ करोड ६२ लाख ७४ हजार रुपैयाँ व्यवस्था गरेको छ ।

सबैभन्दा बढी बजेट कुन प्रदेशलाई ?

मन्त्रालयका अनुसार प्रदेशस्तरमा चलाउने यी कार्यक्रमका लागि सबैभन्दा बढी बजेट ७६ करोड ५६ लाख ५९ हजार रुपैयाँ प्रदेश नं ५ ले पाएको छ । त्यसपछि प्रदेश नं १ मा ७५ करोड ५७ लाख १३ हजार रुपैयाँ, त्यसपछि सबैभन्दा बढी प्रदेश नं २ ले ७४ करोड ८७ लाख ५ हजार रुपैयाँ पाएको छ ।

यस्तै प्रदेश नं ३ ले ७४ करोड ३ लाख ९४ हजार, कर्णाली प्रदेशमा ६७ करोड ७५ लाख ३३ हजार, गण्डकी प्रदेशमा ६० करोड ७९ लाख २२ हजार रुपैयाँ र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा ५८ करोड २२ लाख ५७ हजार रुपैयाँ पठाएको छ ।
हेर्नुहोस बजेट तालिका

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *