यी हुन् बर्षाको समयमा सौन्दर्य जोगाउने पाँच उपाय

सरसफाईमा ध्यान दिने :

बर्षाको मौसममा  तपाईंको हात, अनुहार र खुट्टाको सफाईमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा दुईपटक राम्रो फेसवासले अनुहार सफा गर्नुहोस् ।

टोनिङ गर्नु : 

वर्षाको मौसममा  छालाको रोम छिद्र बन्द हुने संभावना रहन्छ । त्यही कारण अनुहारमा मुसा, घाउ खटिरा आदि आउन सक्छ । त्यसैले कुनै राम्रो एन्टि ब्याक्टेरियल टोनर प्रयोग गर्नुहोस् । टोनरको स्थानमा गुलाब जलको पनि प्रयोग गर्नुहोस् ।

मोश्चराइजेशन गर्नु :

वर्षामा छालालाई पोषणको जरुरी हुन्छ । वर्षामा पटक–पटक पानीमा रुझ्दा छाला ड्राइ भइसकेको हुन्छ । यस्तोमा मोश्चराइजर लगाउनु लाभदायक हुन्छ । सम्भव भएसम्म आयल फ्रि मोश्चराइजर लगाउनुहोस् ।

ड्राइ रहनु :

वर्षामा हामी ओसिलो हुन्छौं । यस्तोमा इन्फेक्सनको खतरा हुन्छ । सम्भव भएसम्म आफ्नो छालालाई ओसिलो नबनाउनु होस् ।

घामबाट बच्नु :

पानी परिसकेपछि जब घाम लाग्छ, त्यो धेरै चर्को हुन्छ । त्यसैले पानी परिकसेपछिको घामबाट बच्नुपर्छ । यसका लागि सन स्क्रीन क्रिम लगाउनुपर्छ । यसले घामको अल्ट्रा भाइलेट किरणबाट छालालाई  सुरक्षित राख्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *