ओहो ! निन्द्राका खराबी सय थरि ?

संसारमा करीव १०० प्रकारका निन्द्रा सम्बन्धी खराबीहरु भेटिएका छन् । हामीमध्ये ४० देखि ५० प्रतिशतहरुले जीवनकालको कुनै न कुनै समयमा निन्द्रा नलाग्ने समस्याले पिडित भएका हुन्छौं । हामी मध्ये कतिलाई निन्द्राको बारेमा थाहै नहोला । एक स्वस्थ मानिसलाई विस्तारामा पल्टेपछि १० देखि १५ मिनेट सम्ममा निन्द्रा लाग्छ र करीव ७ देखि ९ घन्टासम्म सुत्ने गर्छ । तर कहिले काही निन्द्रा नलाग्न पनि सक्छ । त्यस्तो बेलामा के गर्ने ? आउनुस हेरौँ निदाउने घरेलु उपाय :

१. सुत्ने बेलामा मोबाईल, ल्यापटप, टिभी जस्ता इलोक्ट्रोनिक साधन बन्द गर्नुस् ।

२. सुत्नु अघि अल्कोहलजन्य पदार्थको सेवन नगर्नुस् ।

३. निन्द्राको समस्या भोगिरहनु भएको छ भने बिहान सवेरै उठ्ने बानी पार्नुस् । यसले केही हदसम्म समस्या दूर गर्छ ।

४. साँझको समयमा दिनभरीका कामको तनाव, समस्या आदिको बारेमा सोँच्न बन्द गर्नुस् ।

५. बिहान अथवा बेलुका केही समय हिड्ने, दौडने, स्वीमिङ, योगा जस्ता शारीरिक ब्यायाम तथा क्रियाकलापमा सहभागी हुनुस् ।

६. सुत्नु भन्दा ३० मिनेट अगाडि तातो रस, सुप, झोल पिउने बानी गर्नाले मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।

७. संगितले मन मस्तिष्कलाई तनावबाट टाढा राख्छ । दिनहुँ केही समय संगितमा ध्यान दिनाले छिटो, गहिरो र मिठो निन्द्रा लाग्छ ।

-एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *