हरेक पाँच मध्ये एकको मृत्यु ! कारण ‘खराब खानेकुरा ?’

बीबीसी । खानेकुराका कारण प्रत्येक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ।

ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनका अनुसार दैनिक आहारका कारण मृत्यु हुनेको सङ्ख्या धूमपानका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा बढी छ।

विश्वमा हुने प्रत्येक पाँच मृत्युमध्ये एक व्यक्तिको मृत्यु खानेकुराकै कारण हुने अध्ययनले देखाउँछ। अनि सर्वाधिक मृत्युको कारण चाहिँ नुन भएको देखिएको छ।

नुनको अत्यधिक सेवनले रक्तचाप बढ्न सक्छ । त्यसबाट हृदयघात र मस्तिस्कघात हुनसक्छ । अर्को समस्या अप्रशोधित सग्लो अन्न नखानु हो ।

त्यस्तो अन्नमा मुटुलाई फाइदा गर्ने तत्व हुन्छ । त्यस्तै गुण भएको फलफूलको कमी पनि अर्को समस्या हो । सग्लो अन्नको कम र अत्यधिक नुनको सेवनले झण्डै ३० लाख मानिसको ज्यान लिन्छ ।

थोरै फलफूल खानाले झण्डै २० लाख जनाको मृत्यु हुन्छ । नुनबाट हुने समस्या सबैभन्दा बढी चीन र उज्वेकिस्तानमा छ ।त्यहाँ प्रत्येक एक लाखमा १८० जना मानिसको मृत्यु हुन्छ । फ्रान्स स्पेन र इजरेल आदि भूमध्यसागरीय देशमा अवस्था उल्टो छ । त्यहाँ मानिसहरु स्वस्थ छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *