चपाएर खाँदा यत्तिधेरै फाइदा !

पाचनक्रिया सहज :

खानालाई राम्रोसंग चपाएर खाने बानी गर्नाले पाचनक्रिया मजबुत हुन्छ । चपाएर खाना नखाँदा आमाशय, आन्द्रालाई खाना पचाउन धेरै कठिन हुन्छ फलस्वरूप पाचन क्षमता कमजोर हुन पुग्दछ । हामीलाई ग्यास्ट्रिक रोग लाग्ने धेरै कारणमध्ये राम्रोसँग नचपाएर खानु पनि एक हो । राम्रोसँग चपाएर कम भोजन गर्ने, वेलावेलामा उपवास बस्ने गर्दा पनि पाचन क्षमता बढ्छ ।

मस्तिष्कको कसरत :

अहिलेसम्म कुनै मस्तिष्कको कसरत गर्ने खास विधि पत्ता लागेको छैन । मस्तिष्कलाई कसरत गर्ने एउटै मात्र प्राकृतिक तरिका राम्रोसँग चपाउनु हो । हामीले खाना खाँदा दाँतले चपाउनुपर्ने हुन्छ । उक्त वेला मस्तिष्कको राम्रो कसरत हुन्छ । किनकि दाँतसँग मस्तिष्कको नसाको सम्बन्ध हुन्छ । मस्तिष्कले हाम्रो सम्पूर्ण शरीरलाई सन्तुलन गरी स्वस्थ बनाउने हुँदा मस्तिष्कको ख्याल राख्न अत्यन्त जरुरी छ ।

दाँत बलियो :

अहिलेका मानिसको दाँत कमजोर हुने र दाँतसम्बन्धी थुप्रै समस्या भएको पाइएको छ । दाँतलाई चपाउन जति प्रयोग गर्छौं त्यति नै अनुपातमा दाँत बलियो हुन्छ । त्यसैले खाना खाँदा हतार नगरी बिस्तारै चपाएर खाने गरेमा दाँतको समस्याबाट मुक्ति सम्भव छ । गाँउघरमा मकै, भटमास बढी खाने हुँदा वृद्धावस्थासम्म पनि दाँत कमजोर भएको पाइँदैन । तर, सहरमा न राम्रोसँग चपाउन फुर्सद छ, न त स्वास्थ्यबद्र्धक भोजन नै । त्यसैले त धेरैमा दाँतको समस्या हुने गरेको पाइएको छ ।

रिस नियन्त्रण :

हामीमध्ये धेरै रिस उठ्नेबित्तिकै दाँत किट्ने गर्दछौँ । हाम्रो दाँतको तल्लो भागमा रिसको प्रतिबिम्बबिन्दुहरू हुन्छ । हामीले चपाएर खाना खाँदा दाँतमा रहेको उक्त बिन्दुहरूमा मालिस भएर रिस, तनाव विसर्जन हुन सहयोग गर्दछ । कुकुरको जीवनशैलीलाई हेर्ने हो भने कुकुरले हड्डीलाई चपाएर, टोकेर आफ्नो रिसलाई विसर्जन गरिरहेको हुन्छ । कुकुरले दाँतको बढी प्रयोग गर्ने हुँदा कुकुरको दाँत कमजोर हुँदैन ।

मोटोपन नियन्त्रण :

हामीले खाने खानाबाट नै बोसो बन्छ । शरीरमा बोसोको मात्रा बढ्दै गएपछि शरीरमा मोटोपन पनि बढ्दछ । हामीले राम्रोसँग नचपाएर खाना खाँदा उक्त खाना ऊर्जामान भएर बोसोमा रूपान्तरण हुन पुग्दछ । त्यसैले अहिले कसरत गरेर मात्र तौल कम नभएको कारण पनि यही हो । छिटो तौल कम गर्ने नाममा अत्यन्त कम खाने, आवश्यकभन्दा बढी कसरत गर्नुले पनि शरीरलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याउन सक्छ । खाना कम गर्नुभन्दा चपाएर खाने गरेमा अनावश्यक मोटोपन पनि बढ्दैन र कम खाए पनि ऊर्जा पर्याप्त बन्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *