एक साताको अवधीमा साढे १० हजारले लिए ओपिडी सेवा, २१७ जनाको शल्यक्रिया

92
Shares

काठमाडौँ, ९ फागुन । नेपाली सेनासंगको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरीको राजविराजमा आयोजना गरेको विशेषज्ञसहितको बृहत निशुल्क स्वास्थ्य शिविरमा एक साताको अवधीमा १० हजार ४७९ जनाले ओपिडी सेवा लिएका छन् ।

सोही अवधीमा मेजर र माइनर गरी २१७ वटा शल्यक्रिया भएको छ । शिविरमा उपचार गराउनेलाई औषधि समेत निशुल्क उपलव्ध गराएको छ ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन डा चुमनलाल दासका अनुसार गत १ देखि ७ फागुनसम्म चलेको सिविरमा मेडिसिन, सर्जरी, स्त्रि रोग, आँखा, हाडजोर्नी, छालारोग, इएनटी लगायतका विभिन्न १८ विधामा उपचार भई रहेको छ ।त्यस्तै टोलीले सर्जरी, गाईने अव्स, इएनटी, अप्थोल्मा, अर्थोपेडिक समस्याको शल्यक्रिया गरेको थियो ।

‘१ देखि ७ फागुनसम्म १३३ मेजर केस, ११ इन्टर र ७३ माइनर केशको शल्यक्रिया गरिएको छ,’ डा दासले भने ।

राजविराज नगरपालिकास्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक परिसर र अञ्चल अस्पतालमा शिविर सञ्चालन भईरहेको छ ।

विशेषज्ञसहितको सबै सुविधा उपलब्ध गराइएको उक्त घुम्ती शिविरमा सप्तरीका ग्रामीण भेगका साथै सिन्धुली, उदयपुर, सिरहालगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण पुगेका छन् ।

उक्त शिविरमा आउने सर्वसाधारणमा सबैभन्दा बढी हर्निया र पित्तथैलीको पत्थरी भएको भेटिएको चिकित्सकले जानकारी दिएका छन् ।

स्वास्थ्य परीक्षण गराउन ग्रामीण भेगका सर्वसाधारण आफ्नो झिटीगुन्टा बोकेर शिविरमा पुग्नेको सङ्ख्या उल्लेख्यरूपमा रहेको पाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *