पूर्व युवराज पारसलाई ‘हर्ट एट्याक,’ नर्भिक अस्पतालमा उपचार हुँदै

1.0k
Shares

काठमाडौँ, १४ माघ । पूर्व युवराज पारस शाहलाई माइनर हार्ट एट्याक भएको छ । उनको अहिले थापाथलिस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार घरमै रहेका बेला छातीमा अप्टेरो महसुस भएपछि उनलाई परिवारले केही बेर अघि नर्भिक पुरयाएको थियो ।

‘उहाँलाई माइनर एट्याक भएको जस्तो छ । अहिले क्याथ ल्यावमा लगिएको छ । त्यहाँ कोरोनरी एन्जीओप्लास्टी गर्ने तयारी हुँदैछ,’ स्रोतले भन्यो ।

शाहलाई बरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्ट नेतृत्वको टोलीले हेरेको छ ।

शाहलाई यसअघि पनि दुई पटक हार्ट एट्याक भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *