किरिया बसेको स्थानमै गई गरियो स्वास्थ्य परीक्षण

204
Shares

काठमाडौँ, ८ माघ । ‘स्वाइन फ्लु’ भनिने ‘एन्फुलुएञ्जा– ए, एच१एन१’को  आशंकामा चिकित्सकहरुको टोलीले चाबहिलमा किरिया बसेका परिवारको सदस्यहरुको ‘थ्रोट स्वाब’ संकलन गरेको छ । त्यस अघि सो टोलीले ती सदस्यहरुको स्वास्थ्य जाँच समेत गरेको थियो ।

धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर आफूहरुको उपचार र नमूना संकलन गर्न आग्रह गरेका थिए ।

सो आग्रह लगत्तै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी महाशाखाबाट खटिएको टोलीले उनीहरुको स्वास्थ्य परीक्षण तथा थ्रोट स्वाब संकलन गरेको हो । परीक्षणका लागि महाशाखाबाट डा. प्रकाश शाहको टोली खटिएको थियो । उक्त टोलीले एकजना बच्चासहित छ जनाको नमूना संकलन गरेको हो ।

‘घाँटीका साथै विभिन्न परीक्षणहरू गरेका छौँ’, उनले भने, ‘अरु नमूना पनि संकलन गरिएको छ । अहिले नै त्यस्तो डराइ हाल्नुपर्ने अवस्था छैन । तर, सर्तक रहनुपर्छ’ डा शाहले भने ।

उनले कसैलाई रुघा खोकी र ज्वरो आएको छ भने भने ढिला नगरेर नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा पुगेर चेकजाँच गर्नुपर्ने बताए ।

हिमाल अस्पतालमा उपचार गराउने क्रममा ती ५० वर्षीय व्यक्तिको मृत्यु ‘एन्फुलुएञ्जा– ए’बाट मृत्यु भएको रिपोर्ट आएपछि परिवारजनले सर्तकता अपनाएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *