स्वास्थ्य सचिव डा. चौधरी ‘ग्लोबल मेटरनल भिजनरी अवार्ड’द्धारा सम्मानित
काठमाडौँ, २ असोज । स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले ग्लोवल मेटरनल हेल्थ भिजनरी अवार्ड प्राप्त गरेकी छन् । मातृशिशु क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा. चौधरीलाई सो अवार्ड दिइएको हो ।
अमेरिकाको बोस्टनमा सोमबार आयोजित मेटरनल हेल्थ सिम्पोजियम कार्यक्रममा सचिव डा. चौधरीलाई सो अवार्ड प्रदान गरिएको हो।
विश्वभरिका विभिन्न देशका ३८० जनाबाट मध्येबाट अन्तिम चरणमा १० उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]