डा. बाबुराम भट्टराईको प्रश्न : राज्यबाट लाभ लिएकालाई फेरी किन चाहियो उपचार खर्च ?

296
Shares

काठमाडौँ, ११ भदौँ । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राज्यको उच्च ओहदामा बसेका तथा राज्यबाट लाभ लिएका व्यक्तिले स्वास्थ्य उपचारका लागि राज्यबाट थप सुविधा लिन नहुने बताएका छन् ।

उनले करोडौँ सम्पत्ती भएका तथा लाभको पदमा बसेका व्यक्तिले उपचारका लागि राज्यबाट सुविधा नलिए मात्रै लिदैनौँ भनेर संकल्प प्रस्ताव पास गर्नुपर्ने बताएका छन् ।

संघीय संसदका सदस्य समेत रहेका डा. भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकमा जन स्वास्थ्य विधेयकबारे आफ्नो धारणा राख्ने क्रममा सो कुरा बताएका हुन् ।

उनले सबैलाई स्वास्थ्यको प्रत्याभूति गराउन सबैलाई अनिवार्य रुपमा स्वास्थ्य बीमा गराउनुपर्ने बताए । त्यसमा विपन्नको बीमाको प्रिमियम राज्यले बेहोर्नु पर्नेर सम्पन्नले आफै तिर्नुपर्ने व्यवस्था लागू गर्नु पर्ने सुझाव दिए । उनले सम्पत्ती भएका र उपल्लो तहका व्यक्तिबाट उपचार सुविधा कटौती गरे मात्रै तल्लो तहसम्म स्वास्थ्य सुविधा पुग्ने ठोकुवा गरे ।

उनले आइतबार संघीय संसदमा स्वास्थ्यका विषयमा व्यक्त धारणा यस्तो छ

स्वास्थ्यको क्षेत्रको जुन विधेयक आएको छ । त्यो ठिकै छ तर त्यो अपूणै छ । यतिले पुग्दैन । त्यसकारणले सबैलाई स्वास्थ्यको प्रत्याभुति गराउने हो भने हामीले सबैलाई अनिवार्य रुपमा बीमाको व्यवस्था गराउनुपर्छ ।

त्यसमा विपन्नको बीमाको प्रिमियम राज्यले बेहोर्ने र अरुले आफैले बेहोर्ने ढंगले व्यवस्था गर्ने ढंगले बीमालाई व्यवस्थित गराउँ । हामीले विपन्न बर्गका विरामीहरु छन् तिनिहरुको स्वास्थ्य उपचारको व्यवस्था सरकारले सम्पूर्ण रुपमा वेहोर्ने व्यवस्था मिलाउँ ।

र सम्पन्नहरु तपाईँ हामी जो सुविधा प्राप्त छौँ , कथित लाभ लिने अवस्थामा पुगेका छौँ, हामीले चाही सुविधा लिन भएन । हामीले किन संकल्प प्रस्ताव नगर्ने ? हामी कसैले पनि जो उच्च ओहदामा बसेका मानिसहरु हामीले राज्यबाट स्वास्थय उपचारका लागि कुनै पनि लाभ लिदैनौँ र हामी जो विपन्न जनता छन् तिनलाई सेवा दिन्छौँ भन्ने संकल्प किन नगर्ने ?

त्यसो गरौँ र करोणौँ रुपयाँ जो हामी सम्पत्ती भएकाहरु जो हामी उच्च ओहोदा ओगटेका मान्छेहरु अपचलन गरेका छौँ त्यो जनतामा पुग्यो भने स्वास्थ्य सेवा तल्लो बर्गसम्म पुग्छ। यसमा सबैको ध्यान पुगोस ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *