अङ्ग प्रत्यारोपणलाई सामान्य जनताको पहुँचमा पुर्‍याउन सरकार प्रतिवद्ध छ : उपप्रधानमन्त्री यादव

काठमाडौँ, ६ भदौँ ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अङ्ग प्रत्यरोपणलाई सामान्य जनताको पहुँचमा  पुर्‍याउन पर्ने बताएका छन् । उनले अङ्ग प्रत्यारोपणलाई सहज बनाउन मस्तिस्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको अङ्ग झिकेर प्रत्यारोपण गर्ने व्यवस्था सबैभन्दा उपर्युक्त हुने बताएका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्धारा मंगलबार आयोजित मस्तिष्क मृत्यु, अंगदान र प्रत्यारोपण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले कानूनी रुपमा मस्तिस्क मृत्यु पछि अंगदान गर्न मिल्ने गरी कानून बनेपनि व्यवहारमा लागू हुन नसकेको भन्दै यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

‘उत्पयकामा मात्रै बार्षिक रुमपा १ हजार बढीको मस्तिस्क मृत्यु हुँदो रहेछ तर कानून बनेको दुई बर्षसम्ममा मस्तिस्क मृत्यु भएका १ जनाबाट मात्रै अङ्गलिन सफल भइएको रहेछ । यसको मतलव यसको महत्व जनमानसमा अझै बुझाउन सकिएको छैन,’ मन्त्री यादवले भने ।

उनले अङ्ग प्रत्यारोपण केन्द्रले छोटो अवधीमै मिर्गौला प्रत्यारोपणमा उल्लेख्य सफलता हासिल गरेको र कलेजो प्रत्यारोपण समेत थालेको भन्दै खुशी व्यक्त गरे । उनले नीति बनाउने र प्रत्यारोपण गर्ने काममा नेतृत्व दायी भूमिका गरेको भन्दै केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको समेत प्रशंसा गरे ।

केन्द्रका निर्देशक डा. श्रेष्ठले मस्तिस्क अंगप्रत्यारोपण सम्वन्धी कानून र केन्द्रले दिएको सेवाका बारेमा जानकारी गराएका थिए । उनले मस्तिस्क मृत्यु भएका व्यक्तिको ८ वटा अङ्गकाम लाग्ने र अहिले नै तीनवटा अङ्ग(दुईवटा मिर्गौला, एक कलेजो) प्रत्यरोपण गर्न केन्द्र सक्षम रहेको बताए ।

उनले मस्तिस्क मृत्यु भएको जानकारी आएमा स्वास्थ्य मन्त्रालय अन्तरगर्त रहेको समन्वय एकाईमा खवर गर्ने र त्यहाँको टीमले मृतकका परिवारलाई कन्भिन्स गर्न सकेको खण्डमा अङ्गझिक्ने तयारी गर्ने र यता पर्खाईमा रहेका मध्येबाट सबैभन्दा बढी स्कोर ल्याउनेको छनौट गरी प्रत्यारोपण गरिने जानकारी दिए । उनले अहिलेसम्म १६ स्थानबाट टेलिफोन आएपनि एक ठाँउबाट मात्रै अङ्गलिन सफल भएको बताए ।

कार्यक्रममा बरिष्ठ न्युरो सर्जन डा बसन्त पन्तले कानूनी रुपले अङ्गदानका लागि कुनै समस्या नभएको भन्दै अब सामाजिक चेतनाको खाचो रहेको औल्याए । उनले अङ्गदानका लागि चिकित्सक देखि सामाजिक अगुवा, धार्मिक अगुवा, सञ्चारजगतको ठूलो भूमिका रहने बताए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति प्राडा सुवोध अधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा संगिता भण्डारी, त्रिवि शिक्षण अस्पतालका प्राडा हरिहर वस्ती, बरिष्ठ मुटुरोग विशेषज्ञ डा यादवदेव भट्ट, डा प्रकाशराज रेग्मी, उपप्रधानमन्त्रीका सल्लाहकार डा कृष्णकुमार राई लगायतले आफ्ना धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *