नुवाकोटअस्पतालमा कर्मचारी अभाव

1.9k
Shares

काठमाडौँ, ६ असोज । नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दीअनुसारका स्वास्थ्य सेवाका कर्मचारीको अभाव भएकोे छ ।

सो ५० श्ययाको अस्पतालमा अहिले चारजना करारमा रहेका चिकित्सकले सेवा दिन बाध्य छन् । आठ विशेषज्ञ चिकित्सकसहित १७ जना स्वास्थ्य सेवाका कर्मचारीको सो अस्पतालमा दरबन्दी रहेको छ । अहिले साताँै तहका स्टाफ नर्स देवकी खतिवडालाई कामु मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको बताइएको छ । सांसद नारायण खतिवडा अस्पतालको दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले सेवा पाउनबाट वञ्चित हुनु परिरहेको बताउँछन् ।

उनले भने, “छिटोभन्दा छिटो विशेषज्ञ चिकित्सक पठाउन सदनमार्फत स्वास्थ्यमन्त्री, सचिव र विभागका महानिर्देशकसँग पटकपटक ध्यानाकर्षण गराइसकेको छु ।” सांसद बहादुरसिंह लामाले चिकित्सक नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार हनन भएको छ भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *