स्वास्थ्यमा कानुन हेर्ने उपसचिव तीन महिनामै फेरिए, खरेल गए नेपाल आए

1.5k
Shares

काठमाडौँ, २ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून हेर्ने उपसचिव फेरिएका छन् ।

कानुन मन्त्रालयले स्वास्थ्यका उपसचिव गंगाबहादुर खरेललाई निर्वाचन आयोगमा सरुवा गरेको छ । स्वास्थ्यमा पर्यटन मन्त्रालयका उपसचिव पुस्कर नेपाललाई पठाइएको छ ।

गत विहीबार सरुवाको निर्णय भए लगत्तै खरेल शुक्रबारनै रमाना लिएर स्वास्थ्यबाट बाहिरिई सकेका छन् । तर नेपाल भने आइसकेका छैनन् ।

भुमिसुधार मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएका खरेलले पुग नपुग तीन महिना स्वास्थ्यमा विताए । उनी गत जेठको पहिलो साता भुमिसुधार मन्त्रालयबाट स्वास्थ्यमा सरुवा भएर आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *