यी हुन् चिकित्सक संघले खारेजी र संसोधन गर्न भनेका मुलुकी ऐनका बुँदाहरु

काठमाडौँ, ३१ साउन । नेपाल चिकित्सक संघले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १९मा उल्लेख भएका विभिन्न दफा र उपदफाहरु संसोधन तथा खारेज गर्न माग गरेको छ ।  परिच्छेद १९ मा इलाज सम्वन्धी कसूरका विभिन्न दफा तथा उपदफाहरु राखिएका छन् ।

संघले त्यसरी संसोधन तथा खारेज गर्न माग गरेका दफाहरुमा हाल यस्ता व्यवस्था राखिएका छन् :

१) दफा नम्बर २३० को उपदफा २ लाई खारेज गर्नु पर्ने ।
यस ऐनको दफा न २३० को उपदफा २ मा  उपदफा (१)मा जुनसुकै कुरा लेखिएको भएता पनि लामो अनुभवबाट इलाज सम्वन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानो तिनो रोग लागेको विरामीको मानव अंगलाई कुनै खास प्रतिकुल असर नपर्ने मामुली प्रकृतिको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा, चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन । भनिएको छ ।

२) दफा नम्बर २३१ लाई खारेज गर्नु पर्ने ।
दफा २३१ मा बद्नियत चिताई इलाज गर्न नहुनेः भन्ने व्यवस्था छ ।

त्यसको (१) नम्बर बुँदामा

कसैले कसैको ज्यान मार्ने वा अङ्गभङ्ग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो औषधि खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अङ्गको चिरफार गर्नु पर्नेमा अर्को अङ्ग चिरफार गर्न वा त्यस्तो अङ्ग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ  :– (क) कसैको ज्यान गएकोमा ज्यान मारे सरह, (ख) कसैको अङ्गभङ्ग भएकोमा अङ्गभङ्ग गराए सरह ।

३) दफा नम्बर २३२ मा उल्लेख भएको लापरवाही वा हेलचक्राई, बदनियत चिताई इलाज गर्न नहुने शब्दलाई पुष्टी गर्न बिशेषज्ञ समिति बनाई छानबिन गर्नु पर्ने भन्ने थप गर्नु पर्ने ।

४) दफा २३८ लाई संशोधन गर्नु पर्ने ।

दफा २३८ मा यस्तो व्यवस्था छ  :
झुठ्ठा प्रतिवेदन दिन नहुने : (१) कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण धधध।बिधअयmmष्ककष्यल।नयख।लउ ढद्ध गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन हुँदैन । (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ । (३) उपदफा (१) बमोजिमको प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिनेछ । (४) उपदफा (३) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई ज्यान मरिसकेको भए ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुनेछ ।

५) दफा २३९ लाई खारेज गर्नु पर्ने ।

दफा २३९ मा यस्तो व्यवस्था छ  :

२३९. क्षतिपूर्ति भराई दिनु पर्ने :  यस परिच्छेद बमोजिमको कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।

६) डिउटीमा रहेका स्वास्थ्यकर्मीहरुलाई हातपात गरेको खण्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई संशोधन गरी विना धरौटी हिरासतमा राख्ने व्यवस्था सुनिश्चित गरिनु पर्ने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *