‘पोलिएको अवस्थामा प्राथमिक उपचार के गर्ने ?’ विद्यार्थीहरुलाई सिकाउदै नेपाल बर्न सोसाइटी

728
Shares

काठमाडौँ, २२ साउन ।  पोलिएर हुने घाइतेहरुको प्राथमिक उपचार कसरी गर्ने ? घाइते हुने अवस्था नै आउन नदिन के गर्ने ? भन्ने विषयमा कलेजका विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको छ ।

नेपाल वर्न सोसाइटीले आज आयोजना गरेको वर्कशप अन वर्न सेफ्टी विषयक कार्यक्रममा मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।कलेजमा भएको उक्त कार्यक्रममा नजिकै रहेका महेन्द्र राष्ट्रिय मावि, शिवपुरी माविका केही विद्यार्थीहरु समेत सहभागी थिए ।

सोसाइटीका महासचिव डा आरपी चौधरीले पोलिएर हुने घाइतेहरुले सामान्य प्राथमिक उपचार नजान्दा भयावह अवस्था आएको भन्दै विद्यार्थीहरुबाट सचेतना कार्यक्रम अघि बढाइएको बताए ।

‘खासमा सड्क दुर्घटनाबाट हुने घाइते पछि सबै भन्दा बढी घाइते आगोले पोलिएर हुन्छ । कतिको त अंगभंग नै हुन्छ । कतिको ज्यान जान्छ । तर यो सचेतता अपनाइयो भने पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । यसैलाई जनचेतनाको रुपमा विस्तार गर्नका लागि हामीले कलेजका विद्यार्थीहरुबाट यो कार्यक्रम अघि बढाएका हौँ,’  उनले भने ।

प्रशिक्षणमा आगोले पोलि हालेमा के गर्ने ? आगोले पोल्न नदिन के गर्ने भन्ने विषयमा डेमोस्टेसन समेत गरिएको थियो ।

नेपालमा आगो र अन्य कारणबाट पोलिएर बार्षिक ५० हजार बढी घाइते हुने गरेको अनुमान छ । यसबाट हुने मृत्युको संख्या एचआईभीबाट हुनेको संख्याभन्दा कम हुने गरेको महासचिव डा चौधरीले बताए ।

विश्व स्वास्थ्य संगठनले पोलिएर हुने कुल घाइतेमध्ये ९० प्रतिशत घाइते नेपाल जस्तो अल्पविकसित देशमा रहेको अनुमान गरेको छ । संगठनले दक्षिण पूर्वी एसियाली देशमा प्रत्येक वर्ष पोलिएर प्रति लाखमा ११ जनाले ज्यान गुमाउने गरेको तथ्यांक दिएको छ । त्यसमा अधिकांश महिला र केटाकेटी हुने गरेको उसको दावी छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *